• अञ्जुको प्रेमगीत ‘अब छाडेर जाने कुरा नगर’

    अञ्जुको प्रेमगीत ‘अब छाडेर जाने कुरा नगर’
  • काठमाडौं । हाल अमेरिकामा रहेकी गायिका अञ्जु पन्तले सोमबार भ्यालेन्टाइन डेको अवसर पारेर ‘अब छाडेर जाने कुरा नगर’बोलको प्रेमगीत सार्वजनिक गरेकी छिन्

    भ्यालेन्टाइन स्पेसल भनेर सार्वजनिक गरिएको गीतको भिडियोमा अञ्जु श्रीमान थिर कोइरालासँग प्रस्तुत छिन् । भिडियोमा उनीहरुको विवाहको दृश्य समेत समावेश गरिएको छ । अन्जु र थिरले गत वर्ष विवाह गरेका हुन् ।

    गीतमा गोबिन्द हुमागाईंको शब्द, कर्मा ग्याल्जेन बोमजनको संगीत र फणिन्द्र राईको एरेन्ज छ । लक्ष्मण दियालीको परिकल्पना, निर्देशन तथा सम्पादन रहेको म्युजिक भिडियो ‘अन्जु पन्त अफिसियल’युट्युब च्यानलमा सार्वजनिक गरिएको हो । भिडियोलाई नरेन्द्र लोहनीले खिचेका हुन् ।