• अमेरिकी रकस्टार एल्भिससँग प्रभावित भएर सुन लगाउँथे बप्पी लहरी : ३२ करोडको सम्पत्ति, ६४ लाखको गहना

    अमेरिकी रकस्टार एल्भिससँग प्रभावित भएर सुन लगाउँथे बप्पी लहरी : ३२ करोडको सम्पत्ति,  ६४ लाखको गहना
  • बलिउडलाई रक र डिस्कोसँग परिचित गराएर पुरै देशलाई आफ्नो धुनमा नचाउने बप्पी लहरीको ६९ वर्षको उमेरमा निधन भएको छ । बप्पी आफ्नो भिन्न शैलीको गीत र सुनको गहनका लागि चर्चित थिए ।

    उनीसँग सम्बन्धित केही रोचक जानकारीबारे थाहा पाऔा ।सन् १९५२ को नोभेम्बर २७ मा कोलकातामा जन्मिएका बप्पीको झुकाव सानैदेखि सङ्गीततर्फ थियो । बाल्यकालदेखि नै बप्पीको रगतमा सङ्गीत दौडन्थ्यो र तीन वर्षको उमेरदेखि नै उनले तबला बजाउने सिकेका थिए ।बप्पीलाई डिस्को सङ्गीतको बादशाह भन्दा पनि गलत हुँदैन । फिल्म उद्योगमा सबै राम्रा म्युजिक कम्पोजर बप्पीको प्रतिभासँग कायल थिए ।

    संघर्षका दिनमा पाएका थिए एल्भिस प्रेसलीबाट प्रेरणा

    बप्पीले एक पुरानो अन्तर्वार्तामा नाडी, औँला र घाँटीमा सुनका मोटो गहना लगाउनुको कारण बताएका थिए । बप्पी अमेरिकन रक स्टार एल्भिस प्रेसलीका ठूला प्रशंसक थिए ।

    एल्भिस आफ्नो प्रस्तुती दिँदा  सुनको सिक्री लगाउँथे । एल्भिसलाई नै देखेर बप्पीले सफल भएपछि आफ्नो एउटा छुट्टै छवि बनाउने सपना बुनेका थिए ।सफलता पाएपछि बप्पीले सुन लगाए, जसका कारण उनलाई भारतको  ‘गोल्ड म्यान’को नामबाट चिनिन थालियो । उनी सुन आफ्ना लागि भाग्यशाली भएको मान्दथे ।

    बप्पी लहरीसँग थियो कति सुन चाँदी ?

    डिस्को डान्सर गायक बप्पीले  सन् २०१४ मा भएको लोकसभा चुनावमा दावेदारी पेश गरेका थिए । नामाङ्कनको समयमा गायकले आफ्नो कुल सम्पत्ति र सुन चाँदीको विवरण दिएका थिए । यो  अवधिमा उनले आफुसँग ७५२ ग्राम सुन र ४.६२ किलो चाँदी भएको बताएका थिए । यो विवरण उनले ६ वर्ष अघि दिएका थिए ।

    बप्पीको  ६४ लाख रुपैयाँको छ सुनचाँदीकोः

    बप्पी लहरीसँग ७५४ ग्राम सुन र ४.६२ किलो चाँदी छ । जस अनुसार बप्पीसँग ४० लाख भारु अर्थात् ६४ लाख रुपैयाँको सुन छ । कुल सम्पत्तिको कुरा गर्ने हो भने बप्पीको ३२ करोड रुपैयाँको सम्पत्ति छ ।

    श्रीमती चित्रानीसँग छ बप्पी भन्दा बढी सुन

    बप्पीजस्तै उनकी पत्नी चित्रानी लहरी पनि सुन र हिराकी सौखिन छिन् । सन् २०१४ मा उनले दावेदारी दिँदै आफुसँग बप्पीभन्दा ९६७ ग्राम बढी सुन, ८.९ किलो चाँदी र ६ लाख ४० हजार रुपैयाँको हिरा भएको विवरण पेश गरेकी थिइन् ।