• कन्सर्टमा गोली चल्दा र्‍यापर कोडक घाइते

    कन्सर्टमा गोली चल्दा र्‍यापर कोडक घाइते
  • चर्चित अमेरिकी गायक जस्टिन बिबरको हालै अमेरिकामा भएको कन्सर्टमा गोली चलेको छ। पिचफोर्कका अनुसार लस एन्जलसस्थित नाइस गाए नामक रेन्टुरेन्टमा राति अबेरसम्म चलेको कन्सर्टमा अचानक गोली चल्दा अर्का र्यापर कोडक ब्ल्याकको खुट्टामा गोली लागेको छ भने अन्य चार व्यक्ति घाइते भएका छन्।

    घटनापछि सार्वजनिक भिडियोमा कोडक मानिसहरूसँग सेल्फी खिचाइरहेको देखिन्छन् भने गोली चलेपछि भाग्दै गरेका उनको खुट्टामा चोट लागेको देखिन्छ। घटनाको खबर पाएसँगै घटनास्थल पुगेको प्रहरीले घाइतेको उद्धार गरेर अस्पताल पुर्याएको थियो। घटनाबारे अनुसन्धान भइरहेको समाचारमा उल्लेख छ।