• गीतकार अनु शाह र संचारकर्मी सूर्य चन्द विवाह बन्धनमा

    गीतकार अनु शाह र संचारकर्मी सूर्य चन्द विवाह बन्धनमा
  • काठमाडौं । गीतकार अनु शाह र संचारकर्मी सूर्य चन्द वैवाहिक बन्धनमा बाँधिएका छन् । उनीहरुले केही समय अगाडि नै पारिवारिक रुपमा विवाह सम्पन्न गरेको भए पनि भर्खरै मात्र सामाजिक सञ्जालमार्फत विवाह बन्धनमा बाँधिएका फोटोहरु सार्वजनिक गरेका थिए । उनीहरुले पोखराको बाराही मन्दिरमा पुगेर औपचारिक रुपमा विवाह गरी बाबु आमाबाट आशिर्वाद लिएका थिए
    नेपाली मनोरञ्जन क्षेत्रमा संचारकर्मका माध्यमले चर्चा कमाएका सूर्य चन्द आफैंमा राम्रा कलाकार, म्यूजिक भिडियो निर्देशक एवं समाजसेवी व्यक्तित्व हुन् । संचारकर्मी सूर्य चन्द पछिल्लो समय नेपाली कला क्षेत्रमा विभिन्न अवार्ड तथा सम्मानका लगायतका इभेन्ट आयोजना गर्दै आएका छन् । चन्द चलचित्र कलाकार संघका प्रेस सल्लाहकार हुन् भने विभिन्न सामाजिक संघसंस्थामा रहेर कार्य गर्दै आएका छन् ।
    त्यस्तै गीतिलेखनका अलावा चलचित्र निर्माण, साहित्य लेखनबाट परिचित रहेकी अनु शाह चलचित्र तथा संगीत उद्योगमा परिचित छन् । गीतकार शाह अमेरिकास्थित बोस्टनको एक विद्यालयमा अध्यापन गराउँदै आएकी छन् । गीतकार शाहद्वारा निर्माण गरिएका चलचित्र भीमदत्त रिलिज भइसकेको छ भने उफ् यो मन, सुक्का माना रिलिजको तयारीमा रहेको छ । सोही चलचित्रका गीतहरु उनले लेखेकी छन् । उनका दुई सय भन्दा बढी गीतहरु बजारमा आइसकेका छन् भने उपन्यास, कविता, गजलहरु पनि प्रकाशित भइसकेका छन् ।
    उनीहरु दुवैलाई वैवाहिक जीवनको हार्दिक शुभकामना ।