• छक्कापञ्जाटिम सँग सुमित खड्काको ” धनियाके होली “

  • काठमाडौं। आउँदै  गरेको होलीको लागि तयार गरिएको होली गीतमा लोकप्रिय नायिका तथा निर्देशक दीपाश्री निरौलाले पहिलो पल्ट  आवाज दिएकी छिन् ।  बिराटनगर उप-  महानगरपालिकाको सदभाना दुत समेत रहेकी दीपाले   अर्का सदभाना दुत तथा चर्चित गायक सुमित खड्कासंग मिलेर    ” धनियाके होली  ” बोलको गीत गाएकी छिन्।

    शनिबार रेडियो अडियोको  सभाहलमा आयोजित कार्यक्रममा प्रिमियर गरिएको  ” धनियाके होली  ” गीतको म्युजिक भिडियोमा छक्का पन्जा टिम भनेर चिनिने दीपा श्री निरौला र दिपकराज गिरी संगै केदार प्रसाद घिनिरे “माग्ने बुढा “, शिबहरि पौडेल , किरण केसी , जयनन्द लामा , अनुराग कुँवर , रबि डंगोल र सुमन गिरि “भान्जा ” लगायतका कलाकारहरुको अभिनय रहेको छ।  भब्य सेट लगाएर तामझामका साथ् बनाईएको म्युजिक भिडियोको छायांकन छायाँङ्कन हरि हुमागाईं , नृत्य शिशिर खाती , सम्पादन बिपिन मल्ल र निर्देशन दीपाश्री निरौलाको रहेको छ। मैथिली र नेपाली भाषामा रहेको  उक्त  गीतको शब्द  दीप नारायण राजबंशी र संगीत तथा संगीत संयोजन निरज श्रेष्ठको रहेको छ।  छक्कापन्जा टिमको निर्माणमा बनाईएको म्युजिक भिडियो “छक्कापन्जा मिडिया ” नामको युट्युब च्यानल बाट रिलिज गरिएको छ। 

    भिडियो रिलिज कार्यक्रममा कलाकार दिपकराज गिरीले भविष्यमा यहि च्यानलबाट छक्कापन्जा टिमको बिभिन्न गीत , भिडियो , सर्ट फिल्महरु समेत रिलिज गरिने बताए। 

    सुमितदाई संग मिलेर होलि गीत बनाएका  थियौ,फेरि  लक्डाउनको कारणले हाम्रो टिमले केहि कोसेली दर्शकहरुलाई दिन सकेका थिएनौ र यहि गीतकै भिडियोमा छक्कापन्जाको टिम नै राखेर भिडियो निर्माण गर्ने कुरा भएपछि यो भिडियो निर्माण गरिएको बताउंदै निर्देशक दीपाश्री निरौलाले थप्छिन –  छक्का पन्जा टिम संगै रेडियो नेपालको हाम्रो लोकप्रिय कार्यक्रमको लोकप्रिय पात्रहरु  रामविलाश र धनिया पनि भिडियोमा देखाउन पाउँदा हामी सम्पूर्ण टिम एकदमै उत्साहित छौं  । 

    गायक सुमित खड्का भन्छन –  हामी बिराटनगरवासी कलाकारहरु मिलेर एउटा गीत बनाउने सोच थियो र यसमा छक्कापन्जाको टिम नै जोडिएपछि सुनमा सुगन्ध थपिएको छ।  उनि थप्छन – होलीको लागि हामी नेपालीहरुको अर्को एउटा नयाँ सदाबहार गीतको रुपमा   ” धनियाके होली  ” गीत आएको छ र हामी सबैको मिहेनतले रिजल्ट राम्रो आउने कुरा मा हामी ढुक्क छौँ।

    म्युजिक भिडियो लिंक :