• धरौटीमा लाहुरे जेलबाट छुटे

    धरौटीमा लाहुरे जेलबाट छुटे
  • काठमाडौं– लागू औषध सेवन तथा विक्री वितरण मुद्दामा कास्की प्रहरीको हिरासतमा रहेका र्‍यापर आशिष राना ‘लाहुरे’ रिहा भएका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले मङ्गलबार धरौटीमा रिहा गरेको हो ।
    लागूपदार्थ सम्बन्धी अभियोगमा प्रहरीले गत पुस १४ गते लाहुरेसहित चार जनालाई पोखराको पृथ्वी चोकबाट पक्राउ गरेको थियो ।
    लाहुरे कास्की जिल्ला अदालतबाट ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका हुन् । उनीसहित पक्राउ परेका बाँकी ३ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
    पोखराका स्थायी वासिन्दा लाहुरेले लाहुरे, मेरो सोल्टा, हाउडे, केस नं ४२०, पोखरालगायत गीतबाट लोकप्रियता बटुलेका थिए ।