• प्रचण्डले राजेशपायल राईसँग माफी मागे

    प्रचण्डले राजेशपायल राईसँग माफी मागे
  • काठमाडौं । केही समय अगाडि एक अन्तवार्तामा लोकप्रिय गायक राजेशपालय राईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुलेरै प्रशंसा गरेका थिए ।

    राजेशपायलको प्रशंसा सुनेपछि प्रचण्डले भेट्न बोलाए । तर, राजेशपायल केही दिन व्यस्त भएका कारण जान पाएनन् । फुर्सद मिलेपछि बिहीबार राजेशपायल प्रचण्ड निवास खुमलटार पुगे । प्रचण्ड र राजेशपायल भेटको तस्बिर क्षणभरमै भाइरल भयो । त्यसपछि धेरैले अनुमान गरे– राजेशपायल माओवादी प्रवेश गर्न लागे !केही दिन अगाडि प्रचण्डको प्रशंसा गरेका राजेशपायल प्रचण्ड निवास पुगेपछि स्वभाविक माओवादी प्रवेश गर्न लागेको अनुमान हुन्छ । तर, प्रचण्ड–राजेश भेटमा पार्टी प्रवेशको कुरा भएन । गीत संगीतकै कुरा चल्यो । नयाँ–पुराना घटना कोट्याउने काम भयो ।
    भेटका क्रममा राजेशपालयलले पुरानो प्रसंग कोट्याए । सोधे– तपाईंहरुले मेरो घर किन जलाउनु भएको ? प्रचण्डले जवाफ दिए– ठूलो राजनीतिक क्रान्तिको क्रममा छिटफुट घटना भएका छन् । त्यसका लागि माफी चाहन्छु ।

    त्यसपछि राजेशपायलले भने– त्यो कुरा त ठिकै हो । तर, राजनीतिक नेतृत्व चाहिँ तपाई नै हो । राजेशपायलले पुनः प्रचण्डको प्रशंसा गरे । त्यसपछि उनीहरु छुटे ।

    जनयुद्धको अत्यतिर २०६२ सालमा माओवादीले राजेशपायल राईको खोटाङस्थित बुइपाको घर जलाएको थियो । सोही घटनाबारे राजेशले प्रचण्डसँग प्रश्न गरेका हुन् ।
    त्यस्तै गायक राजेशपायलले भने, ‘अध्यक्षज्यूसँग खुवालुङको विषयमा कुरा भयो । मैले उहाँलाई खुवालुङ हाम्रो लागि पानीजहाजभन्दा ठूलो हो । खुवालुङ हामी किरातीहरुको आस्था हो, त्यसैले नफुटाउनुस् भने ।’ आफ्नो कुरा सुनेर अध्यक्ष प्रचण्ड सकरात्मक जवाफ दिएको उनले बताए ।

    Source : Dristinews.com