• प्रदिप र दिपाको ‘दुई दिने चोला’ सार्वजनिक

    प्रदिप र दिपाको ‘दुई दिने चोला’ सार्वजनिक
  • गीतकार/गायक प्रदिप चापागाईं र दिपा घिमिरेको स्वरमा ‘दुई दिने चोला’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रदिप चापागाईकै शब्द तथा सन्जिब सिंहको संगीत सुन्न सकिन्छ । गीतमा संगीत संयोजन बड्स ब्यान्डका सुदिप सिंहको छ।

    प्रेम दिवसको अवसर परेर सार्वजनिक गरिएको गीतमा प्रकृति श्रेष्ठ र अनिल थापा देखिएका छन् । गीतको म्युजिक भिडियोलाई अष्ट्रेलियामा छायांकन गरिएको हो ।

    नमित चन्द ठकुरीले निर्दशन गरेको म्युजिक भिडियोमा सिवानी भट्टराई र अमृत ढुंगानाको कथा ,सुप्रिम पराजुलीको सम्पादन र आदित्य जंग रानाको छायांकन समावेश गरिएको छ । प्रदिप चापागाईँ कै अफिसियल च्यानलबाट  सार्वजनिक गरिएको गीतमा एक जोडीको मिठो प्रेमकथा देखाईएको छ ।