• फागुनमा २० मा ‘लप्पन छप्पन २’ रिलिज हुने

    फागुनमा २० मा ‘लप्पन छप्पन २’ रिलिज हुने
  • काठमाडौं । चलचित्र ‘लप्पन छप्पन २’ फागुन २० गते रिलिज हुने भएको छ । चलचित्र निर्देशक मुकुन्द भट्टले चलचित्रको नयाँ रिलिज मिति घोषणा गर्दै आफूले दर्शकबाट राम्रो साथ पाउने विश्वास व्यक्त गरेका छन् ।

    यसअघि यो चलचित्र फागुन १३ मा रिलिज हुने तय भएको थियो । तर, सो मितिमा चलचित्र ‘म यस्तो गीत गाउँछु २’ रिलिज हुने भएपछि निर्माण टिमले नयाँ रिलिज मिति घोषणा गरेको हो ।

    नेपाल र विदेशमा छायांकन भएको चलचत्रिमा अनुप विक्रम शाही, सौगता मल्ल, शिव श्रेष्ठ, अर्पण थापालगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।  एक्सन जनरामा निर्माण भएको चलचित्रको युरोपका विभिन्न स्थानमा छायांकन गरिएको छ ।