• बलिउडका डिस्को किङ्ग बप्पी लहरी रहेनन्

    बलिउडका डिस्को किङ्ग बप्पी लहरी रहेनन्
  • काठमाडौं । बलिउडका सङ्गीत निर्देशक बप्पी लहरीको निधन भएको छ । मुम्बईको जुहुस्थित क्रिटी केयर अस्पतालमा उपचारका क्रममा लहरीको निधन भएकमो छ ।

    अलोकेश लाहिडी बास्तविक नाम भएका लहरीको मंगलबार राती ११ बजे ६९ वर्षको उमेरमा निधन भएको हो । सन् १९७५ मा रिलिज भएको फिल्म ‘जख्मी’ बाट पहिचान बनाएका उनलाई पप म्युजिकलाई भारत ल्याउने श्रेय जान्छ ।

    बप्पी लहरीको जन्म २७ नोभेम्बर सन् १९५२ मा पश्चिम बंगालको शहर जलपाईगुडीमा भएको थियो । आफ्नो आमा–बुवाको नक्साकदममा हिँड्दै तीन वर्षको उमेरमा नै बप्पी लहरीले तबला बजाउन सुरु गरेपछि आजको दिनसम्मको नाम कमाउन सफल व्यक्ति बने ।

    बप्पी लहरीका आमा–बुवा अपरेश लहरी र बंसारी लहरी चर्चित बांग्ला गायक र शास्त्रीय सङ्गीतकार थिए । केही दिन अघि मात्रै बलिउडले संगीत क्षेत्रकी महारथी लता मंगेशकरलाई गुमाउन पुगेको थियो ।

    क्रिटिकेयर हस्पिटलका निर्देशक डा दीपक नामजोशीले पीटीआईलाई बप्पी लहरीलाई के कुराको अप्ठेरो थियो र के कारणले निधन भएको थियो भन्ने बताएका छन् । डाक्टरले भने,‘बप्पी लहरी अस्पतालमा एक महिनादेखि भर्ना भएका थिए । उनलाई सोमबार डिसचार्ज गरिएको थियो । तर मंगलबार उनको अवस्था बिग्रिएको थियो । बप्पिको परिवारले डाक्टरलाई घरमै बोलाए । बप्पीलाई तुरुन्त अस्पताल लगियो । डाक्टरका अनुसार बप्पीको स्वास्थ्य सम्बन्धि धेरै समस्या थियो । उनको निधन ओएसए (अब्सट्रक्टिभ स्लीप अपनिया) का कारण भएको थियो ।

    के हो ओएसए ?

    ओएसए निद्रा पुरा नहुनाले हुने कारणको बिरामी हो । यसमा निद्राको अवधिमा सास लिनमा पटक–पटक रोकावट आउँछ । यस कारणले तौल मात्रै बढ्ने होइन कि रगतमा चिनीको मात्रा बढ्यो भने अक्सिजनको लेभल पनि घट्न जान्छ ।

    उनले याद आ रही है , डिस्को डान्सर, जिम्मी जिम्मी , प्यार कभी , यार बिना चैन कहाँ रे , पग घुन्घरु ,तम्मा तम्मा लोगे लगायतका सयौ हिट गीतहरु संगीत गरेका छन्। उनले गएका गीतहरु पनि उत्तिकै लोकप्रिय छन्। उनले याद आ रही , प्यार कभी , तम्मा तम्मा लगायतका थुप्रै हिट गीतहरु गएका छन् भने पछिल्लो समय उनको उलाला उलालाले धुम मच्चाएको थियो। उनले एकमात्र नेपाली गीत “फरक छ भाषा फरक संस्कृति ” पनि गएका छन्। बीबी अनुरागीको संगीत र प्रदिप काफ्लेको रचना रहेको गीत दुई बर्ष अगाडी मात्र सार्वजनिक गरिएको थियो।