• बलुको ‘ए हो सोल्टिनी’ मा सरोज र पवित्रा

    बलुको ‘ए हो सोल्टिनी’ मा सरोज र पवित्रा
  • काठमाडौं। कोहलपुरका बिभिन्न रमणीय स्थलमा खिचिएको ‘ए हो सोल्टिनी’ बोलको गीतको भिडियो सार्वजनीक गरिएको छ । कोहलपुर मोडल कलेजका प्राध्यापक सरोजबाबु पंगेनी र पवित्रा सुनार अभिनीत भिडियोको छायांकन,सम्पादन र निर्देशन कुन्दन चन्दले गरेका हुन् ।
    बलु तामाङको स्वरमा रहेको गीतको शब्द र संगीत गायक बलु स्वयम् र सुनील सागरले सृजेका हुन् । इश्वर रिजालले निर्माण गरेको भिडियो एसके मिडिया अफिसियलमार्फत दर्शकमाझ ल्याइएको हो । प्रध्यापनका साथै मोडलिङ र अभिनयमा समेत रुचि राख्ने पंगेनीले आफ्नो पहिलो प्रस्तुतिबाटै दर्शकको माया पाउने बिश्वास लिएका छन् ।