• भ्वाइस अफ किड्सकी पेमा देचेन तामाङसँग राजेशपायल राईको ” सै हँमा “

    भ्वाइस अफ किड्सकी पेमा देचेन तामाङसँग राजेशपायल राईको ” सै हँमा “
  • धरान / भ्वाइस अफ किड्स प्रतियोगिताको  सेमीफाइनल सम्म पुगेकी पेमा देचेन तामांगलाई  गायक राजेश पायल राईले आफ्नै संगीत र स्वरमा  ” सै हँमा ” बोलको युगल गीत रेकर्ड गराएर स्टुडियो भिडियो सार्वजनिक   गरेका छन्।

    ” सै हँमा ” र “सै हँपा” अर्थात् राई भाषामा  रानी  र राजा अर्थ लाग्ने शब्द प्रयोग गरिएको गीतको शब्द टिका चाम्लिङ्गको रहेको छ भने संगीत संयोजन राजु कार्कीको रहेको छ।  मनोज राइले भिडियो छायाँकन तथा सम्पादन गरेका हुन्।  सोमबार सार्वजनिक गरिएको गीत नेपाल सहित कतार र कुवेतमा समेत युट्युब ट्रेन्डिंगमा परेको छ।  राजेश पायल राईले यस अघि पनि मेलिना मैनाली , बिसाखा साही ,सुदिता राई , सुजिता योञ्जन , इशान राई , बैशाली लामा लगायतका द भ्वाइसका प्रतियोगीहरुसँग युगल गीतहरु आफ्नै संगीतमा रेकर्ड गराएर सार्वजनिक  गरेका  छन्। यसरी नै नयाँ प्रतिभाहरुलाई राजेश पायल राई म्युजिक एकेडेमीमार्फत मौका दिईरहने गायक राजेश पायल राईले बताए । 

    म्युजिक भिडियो लिंक