• युगल भर्सनमा प्रमोद र मिलनको ‘किन शंका गर्छौ’

    युगल भर्सनमा प्रमोद र मिलनको ‘किन शंका गर्छौ’
  • काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा ९ वर्षअघि सार्वजनिक भएको गीत ‘किन शंका गर्छौ’को युगल भर्सन सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक गरिएको युगल भर्सनमा प्रमोद खरेल र मिलन नेवारको स्वर रहेको छ ।
    प्रमोदको स्वरमा पहिल्यै चर्चित बनेको गीतमा गायत्री थापाको शब्द छ भने राजकुमार बगरले संगीत दिएका हुन् । नयाँ भर्सनमा उदयराज पौडेलले एरेन्ज गरेका हुन् ।अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको अभिनय रहेको गीतको भिडियोलाई क्रान्ति केसीले निर्देशन तथा सम्पादन गरेका छन् । शिवदर्शक फिल्मस प्रालिको प्रस्तुति रहेको भिडियोलाई उत्सव दाहालले खिचेका छन् ।