• युट्युबमा सर्वाधिक हेरिएको बालगीत ‘बेबी सार्क’को फिल्म बन्ने

    युट्युबमा सर्वाधिक हेरिएको बालगीत ‘बेबी सार्क’को फिल्म बन्ने
  • बालगीत ‘बेबी सार्क’ युट्युबमा सार्वधिक हेरिएको भिडिओमध्ये पर्छ। सन् २०१६ जुनमा सार्वजनिक यो भिडिओ ‘पिंकफङ किड्स सङ्स एन्ड स्टोरिज’ युट्युब च्यानलले पहिलो पटक राखेको हो।

    विभिन्न देशमा लोकप्रिय यो बालगीतको फिल्म बन्ने भएको छ। अनलाइन टेक अखबार ‘द भर्ज’का अनुसार प्यारामाउन्टले सन् २०२३ सम्ममा ‘बेबी सार्क’को पूरा फिल्म सार्वजनिक गर्ने मंगलबार घोषणा गरेको हो। यो फिल्मलाई निकलोडियन एनिमेसन र पिंकफङ कम्पनीले सह-निर्मित गर्न लागेको हो।

    अहिले युट्युबमा भएको बेबी सार्कको भिडिओ जम्मा २ मिनेट १६ सेकेन्डको छ। जसमा एनिमेसन भिडिओ र अगाडि बच्चाहरू नाचेको देखाइएको छ। तर पूरै फिल्ममा भने थप रोचक कुराहरू हुने अनुमान छ। हालसम्म यसबारे कुनै जानकरी भने सार्वजनिक भएको छैन। 

    गत महिना मात्रै ‘बेबी सार्क’को भिडिओमा १० अर्ब भ्युज कटेको हो। हालसम्म यो भिडिओले ३ करोड ३० लाख बढी लाइक पाएको छ। यो बालगीत १० वर्षकी कोरियन अमेरिकन गायिका होप सिगोइनले गाएकी हुन्।

    source :setopati.com

    https://youtu.be/XqZsoesa55w