• रचना रिमालको स्वरमा ‘लौन के गरौ’

    रचना रिमालको स्वरमा ‘लौन के गरौ’
  • काठमाडौँ । अमेरिकामा रहेर पनी नेपाली सुगम गीत संगीतमा कलम चलाइरहेकी किरण पल्पसाको शब्द सिर्जनामा नयाँ रोमान्टिक गीत ‘लौन के गरौ’ सार्वजनिक गरिएको छ ।

    रचना रिमालको स्वर रहेको गीतमा नागेन्द्र श्रेष्ठले संगीत दिएका छन् । गीतमा संगीत संयोजन राहुल प्रधानको छ ।
    गीतमा प्रेमीले प्रेमीकालाई माया गर्न मन भएकोले आफ्नो अंगालोमा आउन आग्रह गरेका छन् । रोमान्टिक प्रेमकथा देखाउन खोजिएको गीतको भिडियोमा प्रविन डिसी र इष्टु कार्की को अभिनय देख्न सकिन्छ ।

    जस बहादुर याक्खाको निर्देशन भिडियोमा दिपक गिरीको छायांकन र अमृत चापागाईँको सम्पादन रहेको छ ।गीतलाई ओ एस आर डिजिटलको  टुयुट्वबाट सार्वजनिक भएको हो ।

    एकदशक अगाडिदेखि गीत लेखन गर्दै आएका गीतकार किरण पल्पसा का शब्दमा थुप्रै गीत बजारमा आएका छन् भने धेरैले चर्चा समेत कमाएका छन् ।