• रचना र कृष्णको ‘हजुर मुसुक्कै’ मा राजेश र निरुता

    रचना र कृष्णको ‘हजुर मुसुक्कै’ मा राजेश र निरुता
  • राजेश हमाद र निरुता सिंह अभिनित पहिलो म्युजिक भिडियो ‘हजुर मुसुक्कै’सार्वजनिक गरिएको छ । आइतबार गृह मन्त्री बालकृष्ण खाँडको प्रमुख आतिथ्यमा एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो ।

    सुरेश अधिकारीको संगीत तथा शब्द रहेको गीतमा गायिका रचना रिमाल र गायक कृष्ण बि.कको स्वर छ । पन्ध्र मिनेट लामो गीति कथा बोकेको भिडियोमा जिवी आग्रीको कथा, पटकथा एवं निर्देशन छ । सार्वजनिक भिडियोमा छायाँकन संजय लामा र नृत्य निर्देशन कविराज गहतराजको छ ।

    आकर्षक बनेको ‘हजुर मुसुक्कै’ गीतको भिडियोमा राजेश हमाल र निरुता सिंहसँगै प्रिन्स विश्वकर्मा, प्रियना आचार्य, सुरविर पण्डित लगायत अन्य कलाकारहरुको अभिनय छ । भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।