• रामकृष्ण ढकालको ‘तिम्ले बोल्ने बोली’

    रामकृष्ण ढकालको ‘तिम्ले बोल्ने बोली’
  • गायक रामकृष्ण ढकालको स्वरमा रहेको ‘तिम्ले बोल्ने बोली’ बोलको नयाँ गीत ‘सार्वजनिक भएको छ । ‘भ्यालेनटाइन डे’ को छेको पारेर सार्वजनिक गीतमा दीपक शर्माको संगीत र नेत्र कोइराला ‘आकाश’ को शब्द छ । 

    प्रेमभाव बोल्ने गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री खुश्बु खड्काले अभिनय छ । भिडियो सुव्रत आचार्यले निर्देशन गरेका हुन् । भिडियोमा दीपक एम सिंहको कोरियोग्राफी, उत्सव दाहालको छायाङकन छ । रामकुमार श्रेष्ठको सम्पादन रहेको गीतको एरेन्जर मोहित मुनाल हुन् ।