• शिशिरजयको ‘तिमी हौ तिमी’ मा पूजा र आर्यनको रोमान्स

    शिशिरजयको ‘तिमी हौ तिमी’ मा पूजा र आर्यनको रोमान्स
  • काठमाडौँ । गायक प्रताप दास र गायिका अस्मिता अधिकारीको युगल गायनमा समावेश प्रेमिल शैलीको नयाँ म्युजिक भिडियो ‘तिमी हौ तिमी’ सार्वजनिक भएको छ।

    अस्ट्रेलियामा बसेर संगीत र भिडियो निर्माणमा सक्रिय शिशिरजय खरेलको यस गीतमा शब्द संगीत रहेको छ। विषम आचार्यको गीतमा संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा आर्यन सिग्देल र पूजा शर्मा बिचको अन्स्क्रिन प्रेम र रोमान्सलाई देख्न सकिन्छ।

    बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन्। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। शिशिरजय खरेल निर्माता रहेको यस भिडियोलाई रोजन ढकाल र एस पिपुल एजुकेशन एण्ड भिजा सर्भिसेसको सहकार्यमा ‘जय हो’ नामक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।
    -भिडियो-