• सलमान खान नेपाल आउने

    सलमान खान  नेपाल आउने
  • काठमाडौं । बलिउडका चर्चित कलाकारहरु नेपाल आउने भएका छन् ।दशरथ रंगशालामा आयोजना गरिने सांगीतिक कार्यक्रममा सहभागी हुन सलमान खान लगायतका भारतिय कलाकारहरु नेपाल आउन लागेका हुन् । रंगशालामा आउँदो बैशाख ३ गते सांगीतिक कार्यक्रम आयोजना गरिएको छ ।

    उक्त कार्यक्रममा सहभागी हुन सलमानसहित सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, कोरोयोग्राफर प्रभु देवा, मुदस्सर खाना, पार्श गायक गुरु लगायतका कलाकारहरु नेपाल आउन लागेका हुन् । बलिउडका यी कलाकारहरुलाई लाजिम्पाटमा रहेको ओडीसी इन्टरटेनमेन्टले नेपाल ल्याउन लागेको हो ।