• Tuborg Mega Live Concert 2021

    Tuborg Mega Live Concert 2021
  • Poush 3- Saturday – 2078

    Artists: Robin & The New Revoulation ,Heena Malla & Deepika Basnet

    धरान। कोभिड महामारीपछि साढे दुई बर्षपछि पुष ३ गते शनिबार आयोजना भएको “टुबोर्ग मेगा लाइभ कन्सर्ट ” मा चर्चित व्याण्ड रविन एण्ड द न्यु रेभुलुसनले आफना हिट गीतहरुको प्रस्तुतिले चिसो मौसममा दर्शकहरुलाई तताए।

    धरान १२ स्थित पब्लिक हाईस्कुलको खेलमैदानमा आयोजित कन्सर्टमा रविन एण्ड द न्यु रेभुलुसनले नेपाली ढाका टोपी लागएर स्टेजमा ओर्लिदै नेपाल -नेपाल बोलको आफ्नो राष्ट्रिय भावनाको गीत बाट कन्सर्ट सुरु गरेका थिए।४ बर्षपछि धरान- कन्सर्टमा आएका रबिनले भेटे मैले शिवाजी, केटाकेटी पहिलो नाम , जति माया लाए पनि , चिसो चिसो हावा दम मरो दमलगायत का कारब १ दर्जन गीतहरु गाएर धरानेहरुलाई फेरि पनि आफ्नो तालमा नचाए।पुषको जाडो भए पनि हजारौ दर्शकहरु रबिन एण्ड न्यू रेभुलुसनको गीतमा पुरा मनोरंजन लिईरहेको देख्न सकिन्थ्यो। रबिन एण्ड न्यू रेभुलुसनबाट गायक रबिन तामांगसंगै प्रविन दास श्रेष्ठ , हरि कृष्ण महर्जन र बिजय बिश्वकर्मा स्टेजमा ओर्लिएका थिए।कोभिडपछिको आफ्नो पहिलो ओपन कन्सर्ट भएको बताउंदै गायक तामांगले सबैलाई सेफ्टीको लागि मास्क , सेनिटाइजर प्रयोग गर्न र खोप अनिवार्य लगाउन अनुरोध गरे।टुबोर्ग मेगा लाईभ कन्सर्टमा रविन एण्ड द न्यु रेभुलुसनसँंगै धरानको दुई स्थानीय प्रतिभाहरु हिना मल्ल बराइली र दिपिका बस्नेतले समेत आफ्नो प्रस्तुति दिएका थिए।  गायिका हिना मल्ल बराइली पहिलो नेपाल आइडलको टप टेन पुगेर चर्चामा आएकी गायिका हुन्। उनको प्रस्तुतिको पनि दर्शकबाट निकै प्रशंशा पाएको थियो। त्यस्तै फ्री बर्ड्स ब्याण्डले समेत गीतहरु गाएको थियो। सुन्दर साउण्ड सर्भिस ,धरानको साउण्ड -लाइट पनि उत्कृस्ट रहेको थियो। कन्सर्टको संचालन गोबिन्द राजभण्डारीले गरेका थिए।टुबोर्गको प्रस्तुति तथा सिल्भर इन्टरटेनमेन्टको आयोजनामा भएको मेगा लाइभ यसअघि टुबोर्ग मेगा लाइभ कन्सर्ट २०१७ , टुबोर्ग मेगा लाइभ कन्सर्ट २०१८ धरान -पथरीमा आयोजना भईसकेको छ। मेगा लाइभ कन्सर्टको यो तेस्रो संस्करण हो।